
काठमाडौँ, १८ जेठ । तीन सातासम्म लगनखेलमा रहेको रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिएको छ ।
गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्याएका हुन् ।
रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ । यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी छ । रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो ।
















प्रतिक्रिया