५ कार्तिक २०८३, बिहिबार

संसदीय निर्वाचनमा पनि गठबन्धनः १०० सिटमा कांग्रेसको दावी, ६५ सिटमा कुन दल कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । सत्तारुढ गठबन्धनले आगामी प्रदेश र संघीय निर्वाचनमा पनि चुनावी तालमेल गर्ने भएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा तालमेल भएको थियो । कांग्रेसलाई निकै फाइदा पुगे पनि अन्य दललाई भने सोचेजस्तो भएको छैन । एमालेले जित्ने त्रासका कारण कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै पहलमा गठबन्धन भएको थियो ।

आफ्नो पार्टीलाई फाइदा पुगेपछि कांग्रेसले संघीय निर्वाचनमा पनि गठबन्धन कायम राख्ने भएको हो ।

हालै सम्पन्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिटको बाँडफाँडबारे समेत छलफल गरेको बताइएको छ ।

जसमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये कांग्रेसले १०० सिटमा दावी गरेको छ भने बाँकी ६५ सिटमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बाँडफाँड गर्न भनिएको छ ।

जसअनुसार माओवादी केन्द्रले भने ४०–५० सिट दावी गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले भने १० सिट मागेको छ भने नेकपा (एकीकृत समाजवादी) ले १५ सिटमा आफ्नो दावी गरेको छ । जनमोर्चालाई भने २ सिट दिने सहमति भएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवा आगामी मंसिर १० गतेभित्रै संघीय निर्वाचन गराउने तयारीमा लागेका छन् ।