
पोखरा, १८ जेठ । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै निर्वाचित भएका छन् ।
वुधबार भएको निर्वाचनमा एमालेका आठै जना उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचन परिणामअनुसार महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भएका हुन् । उनीहरु सबैले ८६ मत पाए ।
दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे पनि निर्वाचित हुँदा दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनबाट पाएका हुन् ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनबाट पोखरामा १६७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका थिए ।















प्रतिक्रिया