५ कार्तिक २०८३, बिहिबार

हेटौंडामा लागूऔषध नियन्त्रणमा लिन हवाई फायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ जेठ । हेटौंडामा लागूऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

गए राती हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने सुचना पाएपछि पुगेको प्रहरीमाथि केही युवाले प्रहरीको पेस्तोल खोस्ने र प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि हवाई फायर गरि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रहरीले लागू औषधसहित हेटौंडा–३ बस्ने ३४ वर्षीय रवि घलान र ३० वर्षीय विनोद बललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका जनाएको छ । प्रहरीले उनीहरूको साथबाट लागूऔषध वानरेक्स ३४ पिस बरामद गरि थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।