५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।

अब बैंकका ग्राहकमहानुभावहरुले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एवं सुलभ ढंगबाट प्राप्त गर्न सक्नेछन् ।

यस सेवा प्रयोग गरी ग्राहकमहानुभावहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२,००० भन्दा बढि एजेन्ट/सब– एजेन्ट बाट नगदै प्राप्त गर्न मिल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

आफ्ना ग्राहकमहानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी। तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।