४ कार्तिक २०८३, बुधबार

राष्ट्रियसभा बैठकः राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।

बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना धारणा राख्ने क्रम जारी छ । अर्थमन्त्री जनार्दन शर्माले आज नै छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

उहाँले संसद्को दुबै सदनमा यही जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुभएको थियो ।–रासस