बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

अर्जेन्टिना र इटालीबीचको फुटबल आज

दैनिक नेपाल २०७९ जेठ १८ गते १३:३४

काठमाडौँ, १८ जेठ । दुई महादेशीय फुटबल प्रतियोगिताका विजेता इटाली र अर्जेन्टिना बुधबार एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

‘फाइनलसिमा’ नामाकरण गरिएको प्रतिस्पर्धामा दुवै टोली उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । इटाली डिफेन्डर जर्जियो चिलिनी तथा अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुनेछन् ।

फाइनलसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए । सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई २–० तथा सन् १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित