
काठमाडौँ, १८ जेठ । काठमाडौँबाट भद्रपुर उडेको जहाज आकाशबाटै फिर्ता भएको छ ।
बुद्ध एअरको ९५३ उडान नम्बरको हवाईजहाजको पछिल्लो टायरका केही पार्ट धावनमार्गमा भेटिएपछि काठमाडौँ विमानस्थलमै फिर्ता भएको हो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौँबाट ३० नटिकल माइल उडेको विमान काठमाडौँ फिर्ता भएपछि विमानस्थल बन्द गरिएको छ ।
अब प्राविधिक जाँच गरिने बताइएको छ ।















प्रतिक्रिया