२ कार्तिक २०८३, सोमबार

थानेश्वरको स्वरमा ‘तिम्रो मायामा’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ जेठ । अमेरिकामा रहेका गजलकार रमेश लुइँटेलको शब्दमा समावेश गजल ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीत सुन्न सकिन्छ। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ।

यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन्।

म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन्। राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ। भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्।