
काठमाडौं । गायक थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ‘तिम्रो मायामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ । त्यस्तै नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । यस गजलमा प्रेमिकाको निम्ति जे पनि गर्न सक्छु र जसरी पनि बाच्न सक्छु भन्ने भावाना प्रेमीले व्यक्त गरेका छन् ।
म्युजिक भिडियोमा गायक गौतमको साथमा अशोक भुजेल र सलिना खत्री फिचर्ड छन् । राम केसीले छायाँकन गरेको भिडियोमा नरोत्तम न्यौपानेको कोरियोग्राफी रहेको छ ।
गीतको भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । अशोक भुजेलको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल माफर्त सार्वनजिक गरिएको छ ।















प्रतिक्रिया