२ कार्तिक २०८३, सोमबार

कन्सर्ट सिध्याउनासाथ अस्ताए बलिउड गायक केके

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ। बलिउड गायक कृष्णकुमार कुननाथको मंगलबार निधन भएको छ। केके नामले परिचित गायकको राति कोलकातामा कन्सर्ट दिएर होटल पुग्नासाथ निधन भएको थियो।

५३ वर्षका केके कलेजको कार्यक्रममा सहभागी हुन पुगेका थिए। स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा नै उनको निधन भएको थियो। चिकित्सकको प्रारम्भिक अनुमान अनुसार केकेको निधन हृदयघातका कारण भएको बताइएको छ।

तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्मका थुप्रै हिट गीतमा आवाज दिएका केकेका हिन्दी फिल्मका गीतहरु पनि चर्चित छन्।

‘तडप तडप के इस दिल से’ र ‘आँखों मे तेरी’बोलको गीत सम्झनलगायक मात्र नभई अधिक रुचाइएका केकेका गीत हुन्।