५ कार्तिक २०८३, बिहिबार

मतगणनाकै क्रममा बालेनले एमाले अध्यक्ष ओलीलाई भेटेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीसँग मतगणनाकै क्रममा भेटेको खुलेको छ ।

बालेनले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेको खुलेको हो । यद्यपि भेटको विषयमा दुवै पक्षले अहिलेसम्म सार्वजनिक गरेका थिएनन् ।

मतगणनाको अन्तिम नतिजा आउने अघिल्लो दिन बालेन आफ्नो टिमसहित बालकोट पुगेका बताइएको छ ।

बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन ।

अध्यक्ष ओलीले सामूहिक र बालेनसँग मात्रै पनि भेट गरेका थिए । बालेनले पनि समकालीन नेताहरुमा ओलीले नै केही गर्ने आशय व्यक्ति गरेका पनि बताइएको छ ।

भेटको बारेमा केही दिनपछि विवरण सार्वजनिक गरिने पनि बालेन पक्षले जनाएको छ ।