५ कार्तिक २०८३, बिहिबार

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् ।

थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवा अनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरिसकेका छन् ।

राष्ट्रिय भुक्तानी स्विच परियोजनाहरू कार्यान्वयन गर्न समेत थापा प्रमुख भूमिकामा रहेका थिए । व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा थापा संलग्न हुँदै आएका छन् ।

कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गर्नु भएका थापासँग क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ’क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवाप्रदायक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाखभन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।