६ कार्तिक २०८३, शुक्रबार

ओली-नेपाल एउटै संसदीय समितिमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आमने सामने हुने भएका छन् ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति सदस्य हेरफेर गर्ने क्रममा ओली र नेपाल एउटै समितिमा परेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्तर्गत एमाले अध्यक्ष ओली प्रतिनिधिसभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भए । त्यो समितिमा यसअघि पहिलेदेखि नै नेकपा एसका अध्यक्ष नेपाल सदस्य रहेका छन् । यससँगै अब उनीहरु बैठकमा सँगै हुने भएका हुन् ।

अध्यक्ष ओलीले २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनैपनि संसदीय समितिको सदस्य रहेका थिएनन् । यद्यपी प्रधानमन्त्री तथा मन्त्रीहरु सबै संसदीय समितिको पदेन सदस्य रहने व्यवस्थाअनुरुप भने रहेका थिए ।

समितिहरुमा सांसदहरूको प्रतिनिधित्वः

केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

विष्णु पौडेल, अर्थ समिति

हृदयेश त्रिपाठी, अर्थ समिति

मिनेन्द्र रिजाल, अर्थ समिति

भानुभक्त ढकाल, कानुन, न्याय तथा मानव अधिकार समिति

पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति

गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति

लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति

वसन्त नेम्वाङ, विकास तथा प्रविधि समिति

पद्मा अर्याल, विकास तथा प्रविधि समिति

जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति

उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति

विमला विक, महिला समितिबाट कानुन समिति

रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समिति

खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति

शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति

हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति

शान्ता चौधरी कृषि, समितिबाट विकास समिति

विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति

दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समितिमा हेरफेर गरिएको छ ।