
काठमाडौँ, १७ जेठ । नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) का लागि पेचिलो प्रतिस्पर्धा हुने देखिएको छ ।
अहिले हुने डिआइजी बढुवाले ९ महिनापछिको प्रहरी महानिरीक्षक (आइजिपी) तय गर्ने भएकोले पनि आकांक्षीहरु हुनु स्वभाविक हो ।
डिआइजीका लागि गृहमन्त्रालयले प्रक्रिया अघि बढाउँदै गर्र्दा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु चर्काे दौडधुपमा लागेका छन् ।
प्रहरी प्रधान कार्यालयकै स्रोतका अनुसार डिआइजीका लागि केही एसएसपीहरू त अस्वस्थ्य चलखेलमै लागेको समेत खुलेको छ ।
शक्तिकेन्द्रहरुलाई शक्ति र अर्थले प्रभाव पारेरै भए पनि डिआइजी बन्ने दाउमा एसएसपीहरु रहेका जनाइएका छन् ।
नेपाल प्रहरीमा डिआइजीका १७ दरबन्दी रिक्त भएका छन । जसमा मुख्यगरी १७ एसएसपीबीच प्रतिस्पर्धा छ । एकातर्फ बढुवामा तीन जनाभित्र पर्न प्रतिस्पर्धा छ भने, अर्काेतर्फ १७ भित्र पर्न पनि त्यतिकै चलखेल बढेको छ । डिआइजीमा बढुवा हुँदा पहिलो लटमा परेका १३ जना एसएसपीको टोली डिआइजी बढुवामा प्रमुख दाबेदार छन ।
जसमा भिम प्रसाद ढकाल, सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ र बसन्तबहादुर कुँवर र छन् । यही टोलीभित्र टप ३ मा पर्न चर्काे प्रतिस्पर्धा रहेको छ ।
यो टोलीपछि १४ जनाको टोली पनि अहिले डिआइजी हुने लाइनमा छ । सो टोलीबाट अशोक सिंह, सुदीप गिरी, चन्द्रकुबेर खापुङ, कुबेर कडायत, जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल रहेका छन् ।
गत वर्ष एसएसपी भएका उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल, विकासराज खनालमध्ये पनि केही पर्न सक्ने देखिएको छ । विशेषगरी डिआइजीका लागि गृहमन्त्री बालकृष्ण खाणका निकट एसएसपीहरुको मोलमोलाई रहेको दावी गरिएको छ ।















प्रतिक्रिया