१ कार्तिक २०८३, आइतबार

रोल्पाको कारागारमा भएको हरिजनको मृत्युबारे छानबिन गर्न समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । रोल्पाको कारागारमा गत जेठ ४ गते कैदी सुन्दर हरिजनको मृत्युबारे छानबिन गर्न समिति गठन भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले हरिजनको मृत्युबारे सत्यतथ्य गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट निर्देशन दिइएको छ ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

कारगारभित्रै हरिजनको शंकास्पद मृत्यु भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।