५ कार्तिक २०८३, बिहिबार

अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्नः कमिसन नआउने भएकैले शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, जेठ १७ । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई ‘कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ? भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै भट्टराईले यस्तो प्रश्न गरेका हुन् । विगतमा मन्त्री नहुँदा शर्माले शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएकैले बजेट नबढाइने टिप्पणी गरेको स्मरण गर्दै भट्टराईले प्रश्न गरेका हुन् ।

‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताउनुभएको रहेछ । अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन । अर्थमन्त्रीज्यूलाई मेरो गम्भीर प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा(स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?’, भट्टराईको प्रश्न थियो ।

त्यस्तै, यसपालीको बजेट गन्तव्यहीन भएकाले मुलुकको हित नगर्ने टिप्पणी गरे । ‘यो चौबाटोमा उभिएको बजेट हो । गन्तव्य प्रष्ट नभएकोले यो कतै पनि जाँदैन । यो अल्मलिएर चौबाटोमै बस्छ र यसबाट मुलुकलाई कुनै हित हुनेवाला छैन’, भट्टराईले भने ।