
काठमाडौं, १७ जेठ। अहिले सिनेमा घरमा चलिरहेको फिल्म कबड्डी–४ की अभिनेत्री मिरुना मगरले प्रहरीकहाँ थुनाएकी लामा भिक्षु फुर्वा तामाङ निर्दोष नभई धरौटीमा रिहा भएका छन्।
उनले तीन हजार धरौटी जिल्ला प्रशासन कार्यालयमा बुझाएका हुन्।
फिल्म हेर्ने क्रममा दुव्र्यबहार गरेको भनी अभिनेत्री मगरले थप्पड लगाएर प्रहरीकहाँ थुनाएकी थिइन् जसको सर्बत्र आलोचना मात्र नभई विरोध नै भयो।
निर्दोषलाई फसाएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो।















प्रतिक्रिया