५ कार्तिक २०८३, बिहिबार

मेलम्चीको पानी वितरण बन्द, अब कहिले आउँछ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ जेठ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि मेलम्ची खोलाको पानी काठमाडौंमा पठाउन बन्द गरेको छ ।

मनसुन सिजन नजिकिएसँगै पानी पठाउन बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आजैदेखि पानी पठाउन बन्द गरिएको जानकारी दिए ।

‘‘आजदेखि पानी बन्द गर्न सुरु गरिसकेका छौँ । पर्सिदेखि मनसुन सिजन सक्रिय हुँदै जाने भएकाले आजैदेखि बन्द गर्ने काम अघि बढाएका हौँ । पूरै पानी बन्द गर्न भोलिसम्म लाग्छ,” उनले भने ।

वर्षायाममा सुरुङमा क्षति पुग्ने सक्ने भन्दै उनले पानी काठमाडौं पठाउन बन्द गरिएको बताए । अब मनसुन सिजन सकिएपछि मात्रै आउँदो कात्तिकमा पुनः पानी काठमाडौं पठाइने उनले जानकारी दिए ।