२ कार्तिक २०८३, सोमबार

केएल टावरमा कबड्डीको पोस्टर जलाइयो, लामाहरू विरोधमा उत्रिए (भिडिओ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ। एक जना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ को पोस्टर जलाइएको छ।

चबहिलस्थित केएल टावरमा रहेको सिनेमा घरमा फिल्म प्रदर्शनमा रोक लगाइएको छ भने विरोध प्रदर्शन गरिएको छ।

दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवाहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको पनि भनेका थिए। तमाङको रिहाई र झुठा आरोप लगाउने अभिनेत्रीलाई कारबाहीको माग गर्दै लामा भिक्षुहरुले प्रदर्शन गरेका छन्।