२ कार्तिक २०८३, सोमबार

लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

डीएआर मुभिजको प्रस्तुती रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवम् एरेन्ज छ । रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डीएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई अभिनेत्री लक्ष्मी बर्देवा स्वयंमले निर्देशन गरेकी हुन् । भिडियोमा अन्तरजातीय विवाह गरेको लक्ष्मी र जीवनको ‘रियल जोडी’को अभिनय रहेको हो ।

गीतको भिडियोमा भने जातीय विभेदले छुटेको प्रेमकथालाई देखाउन खोजिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाइँको छायाँकन रहेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् । गीत र भिडियोलाई स्रोता दर्शकले रुचाउने विश्वास लिइएको छ ।

https://youtu.be/KKxobiNp5Bw