
काठमाडौँ, १६ जेठ । सरकारले तारा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ ।
आइतबार भएको दुर्घटनाको कारण पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।
आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।
समितिले अहिले भएको दुर्घटनाको कारण पत्ता लगाउने तथा भविष्यमा हुन सक्ने सम्भावित दुर्घटना हुन नदिन पनि सुझाव दिने बताइएको छ ।
विज्ञप्तिः
















प्रतिक्रिया