५ कार्तिक २०८३, बिहिबार

पदभार सम्हाल्दै सुनिता डंगोलले के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित उपमेयर सुनिता डंगोलले पदभार सम्हाल्दै आफ्नो कार्यकाल पवित्र र स्वच्छ काम गर्ने बताएकी छन् ।

सोमबार राष्ट्रिय सभागृहमा सपथ गरेलगत्तै जिम्मेवारी सम्हाल्दै उनले सबैसँग मिलेर टिम स्पिरिटमा काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

फरक-फरक दल र स्वतन्त्रबाट निर्वाचित मेयरसँग कसरी काम गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उपमेयर डंगोलले पारदर्शी र पारस्परिक आचरणका साथ काठमाडौँबासीको हक, हित र जीवन सहज बनाउन काम गर्ने बताइन् ।

‘जो जुन दलबाट आएपनि टिम स्प्रिटमा काम गर्नुपर्छ । व्यक्तिभन्दा पनि संस्थाको सफलता महत्वपूर्ण हुन्छ । महानगर सफल भयो भने हामी सबै सफल हुने हो । तब मात्र हामीलाई दिएको मतको सम्मान हुन्छ’, उनले भनिन् ।