
काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल बैठक बोलाइएको हो ।
बैठक दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया