५ कार्तिक २०८३, बिहिबार

मेयर बालेन्द्र साहले लिए नेपाल भाषामा पनि सपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले नेपाल भाषामा पनि सपथ लिएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रमुख साहलाई मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले सपथ ग्रहण गराएका हुन् ।

साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढेका थिए ।

प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा ३२ वटा वडाका वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो ।

कार्यक्रममा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।