बुधबार, ९ जेठ २०८१
DainikNepal.com
बुधबार, ९ जेठ २०८१

गुजरातले जित्यो आईपीएल क्रिकेटको उपाधि

दैनिक नेपाल २०७९ जेठ १६ गते ६:५२

काठमाडौं, १६ जेठ । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो । राजस्थानले दिएको १३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

गुजरातका लागि सुबमन गिलले सर्वाधिक ४५ रन बनाए भने कप्तान हार्दिक पाण्डेले ३४, डेभिड मिलरले ३२ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १र१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन जोडेको थियो ।

राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन बनाए भने याशभी जैसवालले २२ रन, रियान परागले १५ र सञ्जु सामसनले १४ रन बनाए । गुजरातका हार्दिक पाण्डेयले ३, रविश्रीनिभासन साइ किशोरले २ विकेट तथा मोहम्मद शामी, यश दयाल र राशिद खानले एकरएक विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित