
पोखरा, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएपछि पोखरा एयरपोर्टमा आफन्तको रुवाबासी चलेको छ ।
आज बिहान ९ः५५ बजे मुस्ताङका लागि उडेको विमान अवतरण हुनुभन्दा केही मिनेट अघि सम्पर्कबिहीन भएको थियो ।
विमान मुस्ताङको लांकेखोलामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
विमानमा चालक दलका ३ जनासहित ६ जना विदेशी नागरिक गरी २२ जना सवार थिए ।
















प्रतिक्रिया