
काठमाडौँ, १५ जेठ । आइतबार विहान १० बजेर १५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एइटी ट्वीनअटर विमान हो ।
तारा एयरका अनुसार क्यानडाको एयरक्राफ्ट कम्पनी डे ह्याभील्याण्ड क्यानडा डीएचसी-६-३०० ट्वीनअटरबाट ल्याइएको हो ।
आज त्यही विमान सम्पर्कविहीन बनेको हो । विमानमा चालक दलका ३ जनासहित ६ जना विदेशी नागरिक गरी २२ जना सवार रहेको जनाइएको छ ।
विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।
हेलिकप्टरको सहायताले विमानको खोजी कार्य सुरु गरिएको बताइएको छ ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।
हेर्नुस् सम्पर्कविहीन विमानका तस्वीरहरुः

















प्रतिक्रिया