
काठमाडौँ, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाजको खोजीमा हेलिकोप्टर परिचालन गरिएको छ ।
मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग विमानको खोजी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपाली सेनाको हेलिकोप्टरलाई जहाजको खोजीमा परिचालन गरिने जनाइएको छ ।
पोखराबाट जोमसोस उडेको तारा एयरको ‘एईटी’ ट्विनअटर विमानमा चालक दलसहित २२ जना सवार थिए ।
आइतबार विहान १० बजेर १५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ ।
विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।
विमानको खोजी कार्य सुरु गरिएको बताइएको छ ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
यस्तै विमान प्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।















प्रतिक्रिया