५ कार्तिक २०८३, बिहिबार

जोमसोमका लागि उडेको सम्पर्कविहीन विमानमा २२ जना रहेको पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा २२ जना रहेको पुष्टि भएको छ ।

चालक दलका ३ जना र १९ जना गरी २२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखराबाट १७ देखि बढीमा २० मिनेटमा जोमसोम पुग्न सकिन्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन नसकेपछि हेलिकप्टरको सहयताबाट खोजी कार्य सुरु गर्न लागिएको छ ।

तर मौसम खराबीका कारण खोजी सुरु हुन सकेको छैन ।