
काठमाडौँ, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमतर्फ उडेको ९ एन एईटी ट्वीनअटर विमान सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले दैनिक नेपाललाई जानकारी दिएको छ ।
यद्यपि थप विवरण आउन बाँकी छ ।
१९ जना यात्रु बोकेको जहाज उडेको केही समयमा नै राडारसँग सम्पर्क टुटेको बताइएको छ ।
जहाजका पाइलट प्रभाकर घिमिरे रहेको जनाइएको छ ।















प्रतिक्रिया