१ कार्तिक २०८३, आइतबार

यी १३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कस्को छ अग्रता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । गत वैशाख ३० मा देशैभरका ७५३ स्थानीय स्थानीय तहमा भएको स्थानीय तहको निर्वाचनको हालसम्म ६४० तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी छ । त्यसमध्ये ११ वटा स्थानीय तहमा मतगणना जारी छ भने दुई वटामा अझै मतगणना सुरु हुन सकेको छैन ।

मतगणना जारी ११ स्थानीय तहमध्ये ४ वटामा नेपाली कांग्रेसको अग्रता रहँदा ३ मा नेकपा एमालेको अग्रता रहेको छ ।

बाँकी रहेका स्थानीय तहमा कस्को कहाँ अग्रता ?

कांग्रेसको अग्रता भएका तहहरू

१) कटारी नगरपालिका, उदयपुर

२) ललितपुर महानगरपालिका, ललितपुर

३) तिलोत्तमा नगरपालिका, रुपन्देही

४) महाराजगञ्ज नगरपालिका, कपिलवस्तु

एमालेको अग्रता भएका तहहरू

१) गरूडा नगरपालिका, रौतहट

२) पचरौता नगरपालिका, बारा

३) तुलसीपुर उपमहानगरपालिका, दाङ

माओवादी केन्द्रको अग्रता भएका तहहरू

१) फतुवा विजयपुर नगरपालिका, रौतहट

जसपाको अग्रता भएका तहहरू

१) गढीमाई नगरपालिका, रौतहट

नेकपा एसको अग्रता भएका तह

१) पोखरा महानगरपालिका, कास्की

स्वतन्त्रको अग्रता भएका तह

१) काठमाडौं महानगरपालिका, काठमाडौं

गणना सुरू नै नभएका तहहरू

१) त्रियुगा नगरपालिका, उदयपुर

२) बुढीगंगा नगरपालिका, बाजुरा