शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

संस्कार जोगाउन परिवारनै भिडियोमा

दैनिक नेपाल २०७९ जेठ ८ गते २२:०८

काठमाडौं । भनिन्छ सफल पुरुषको पछाडि महिलाको हात हुन्छ ।

यो भनाईमा सिमित न भएर गायक चन्द्र अन्छङ्बोको जीवनमा पनि लागू हुन्छ । बिगत दुई दशक देखि लोकसंगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र सस्कृतिमा आधारित गीतहरुमा आफ्नु आवाज दिईरहेका गायक चन्द्रलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएको छ ।

हङकङलाइ कर्म थलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगत संग तुलना गर्छन । उनी भन्छन ”जीवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिदैन ।”

पछिल्लो समय उनै गायक चन्द्र अन्छङ्बोले लिम्बु गीत सार्वजनिक गरेका छन् । ‘याक्थुंङ हाङमा तरेमे ‘गीतमा सोल्टीले सोल्टिनालाइ लिम्वुवान राज्यमा राम्ररी बस्नु होला, म जहाँ पुगे पनि तिमि प्रतिको माया र साथ सधै रहने छ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतमा चन्द्रलाइ गायिका संगीत आङबुहाङले साथ दिएकी छिन ।

बब्रिम शेर्माको शब्द, संगीत रहेको गीतलाई दिनेश सुब्बाले एरेन्ज गरेका हुन् । लिम्बु गीतलाई शब्दको भाव अनुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मेहनत गरिएको चन्द्रले बताए भिडियो निर्माणको धेय मनोरञ्जनको साथै लिम्बु संस्कार र संस्कृति पुस्तानतरण गर्न पनि रहेको गायक अन्छङ्बोले बताए ।

युवापुस्ताका चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई मौलिक बनाउनका लागि कस्ट्युम र कलाकारहरुको प्रस्तुतिमा बिशेष मेहनत गरिएको बताए ।

भिडियोमा गायक चन्द्रलाई आफनै श्रीमती सुकु नाल्बो, छोरीहरु एञ्जुला, एलिसा अन्छङ्बो र पूर्णबहादुर अन्छङ्बोले साथ दिएका छ्न हंङकङको सुन्दर ठाउहरुमा खिचिएको भिडियोलाइ छायांकन र सम्पादन मज्जाको राईले गरेका छन् ।

भिडियोलाइ गायक चन्द्र अन्छङ्बोको युट्युब च्यानल Chandra Anchhangbo बाट सार्वजनिक गरिएको हो । आफ्नो भाषासंकृतलाइ बचाउन महत्वपूर्ण भूमिका निभेको भन्दै भिडियोलाइ राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया
सम्बन्धित