१ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरमा ९१ हजार मत गणना हुँदा बालेन्द्रलाई १५ हजार मतान्तरको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाको करीब ९१ हजार मत गणना गरिसक्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले १५ हजार मतको अग्रता बनाएका छन् ।

खसेको कुल १ लाख ९१ हजार १८६ मतमध्ये ९० हजार ४४७ मत गनिसक्दा शाहले ३३ हजार २५५ मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का केशव स्थापितभन्दा १५ हजार १९२ मतले अगाडि छन् । स्थापितले १८ हजार ६३ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ९६३ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले ३३ हजार २०१ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ४६७ मत प्राप्त गरेका छन् ।