
काठमाडौँ, ५ जेठ । सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा मतदान अधिकृतको हस्ताक्षर नरहेको भेटिएपछि नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।
वडा नम्वर ८ को मतगणना गर्दा अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ताहरू बसेको टेन्टमा ढुंगा हानेपछि झडप भएको हो ।
कांग्रेस कार्यकर्ताहरू ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसासमेत फुटेको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । विवादपछि मतगणना स्थगित गरिएको छ ।















प्रतिक्रिया