६ कार्तिक २०८३, शुक्रबार

पल शाहलाई पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्धको निवेदनको सुनुवाइ के भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । जिल्ला अदालतको पुर्पक्ष थुनाविरुद्ध पल शाहले दिएको निवेदनको सुनुवाइ स्थगित भएको छ। पोखरा उच्च अदालतमा बिहीबार पेशी तोकिए पनि निवेदकका कानुन व्यवसायीले नै सुनुवाइ स्थगित गरेका हुन्। न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

बिहीबार पेशी सरे पनि अर्को हप्ता पुनः पेशी तोकिने उच्च अदालतले जनाएको छ। पर्पक्ष थुनाका बारेमा उच्च अदालतमा मुद्दा परिरहँदा पीडित पक्षले बकपत्र फेरेको छ। पीडित भनिएकी नाबालिकाले आफूले अरुकै लहलहैमा किटानी जाहेर दिएको र त्यसमा सत्यता नभएको बकपत्र अदालतमा गरेकी छन्।