६ कार्तिक २०८३, शुक्रबार

बर्दिबासमा मतपरिणाम घोषणापछि भेटियो सिलवन्दी मतपेटिका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ५ जेठ । बर्दिबासमा मतपरिणाम घोषणा गरिसकेपछि सिलबन्दी नै नखोलिएको मतपेटिका भेटिएको छ ।

तीन दिन अगाडि बर्दिबास नगरपालिका–८को मतपरिणाममा निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले माओवादी केन्द्रबाट शमशेरसिंह लामा विजयी भएको घोषणा गरेका थिए ।

मतगणनामा धाँधली भएको आरोप खेपेको निर्वाचन आयोगले सिलबन्दी नै नखोलिएको मतपेटिका भेटिनुले निष्पक्षमा प्रश्न खडा गरेको छ ।

निर्वाचन अघिकृत सापकोटाले माओवादीका लामाले ८ मतले उछिन्दै एमालेका रुद्र किङरिङलाई पराजित घोषणा गरेका थिए ।

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ । वडा न.८ को मतपेटिका मतदानअधिकृतले दिएको जानकारीअनुसार नै रुजु गरियो र सबै मतपेटिका एकै ठाउँमा राखेका थियौ‌,झ सहायक निर्वाचन अधिकृत सर्मिला तामाङले भनिन् । सर्वदलीय बैठक राखेर समाधान खोजिने बताइएको छ ।