
काठमाडौँ, ५ जेठ । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले २५ सय मतले अग्रता कायमै राखेका छन्।
महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार ५२ हजार ८ सय १७ मत गन्दा आचार्यले २१ हजार ८ सय ८० मत ल्याएका हुन्।
एमालेका कृष्ण थापाले १९ हजार ३ सय ८८ मत ल्याएर पच्छ्याइरहेका छन्। राप्रपाका शंकर खरालले २ हजार १ सय ८६ मत प्राप्त गरेका कार्यालयले जनाएको छ।















प्रतिक्रिया