६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा ५८ हजार मत गणना, कसको कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौाँ, ५ जेठ । काठमाडौं महानगरपालिकामा झण्डै एकतिहाइ मत गणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मतान्तर झन बढाएका छन्। बिहीबार मध्याह्न १२ः३५ बजेसम्म ५८ हजार ८५० मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौंमा एक लाख ९१ हजार १८६ मत खसेका थिए।

मेयरमा साहले २२ हजार ८४२ मत पाएका छन्। उनले शुरुआतदेखि नै अग्रता कायम गर्दै आएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ९८६ मत पाएकी छन्।