६ कार्तिक २०८३, शुक्रबार

सुनवल नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ५ जेठ । नवलपरासीको सुनवल नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

गठबन्धलाई हराउँदै मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् ।

अर्यालले १४ हजार ८३८ ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए ।

त्यस्तै, उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए ।

यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।

१३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।