६ कार्तिक २०८३, शुक्रबार

किरियापुत्री बसेकै बेला उम्मेदवारी दर्ता गराएका एमालेका भिमलाल मध्यविन्दुको मेयरमा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ५ जेठ । किरियापुत्री बसेकै बेला उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका भिमलाल अधिकारी नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा अधिकारीले १६ हजार २१२ मतका साथ मेयरमा बिजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६५ मत पाएका छन् ।

मध्यविन्दुको उपमेयरमा पनि एमालेकै पूर्णकला चौधरी निर्वाचित भएकी छन् । उनले १५ हजार १०५ मत पाउँदा नेपाली कांग्रेसकी टिकाकुमारी महतो १४ हजार ५६४ मतमा रोकिएकी छन् ।