
काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिकाको हालसम्म ४ वटा वडाको मत गणना भइसकेको छ ।
अहिले ७ वटा वडाको गणना जारी छ । ४२५६९ मत गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १६६४७ मतसहित अग्रस्थानमा छन् ।
नेकपा एमालेका केशव स्थापितले ८६०७ मत ल्याएका छन् । दुई जना बीचको मतान्तर ८०४० छ ।
कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७७६७ मत ल्याएकी छन् ।
अहिलेसम्म १, २, ३ र ५ नम्बर वडाको गणना सकिएको छ । वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ ।















प्रतिक्रिया