१ कार्तिक २०८३, आइतबार

दोस्रो संस्करणको कर्पोरेट फुटसल प्रतियोगिता आगामी शनिबारदेखि हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । खेलकुद विकासका लागि स्थापित एनआरएस प्रतिष्ठानले ७ जेठमा कर्पोरेट फुटसल आयोजना गर्ने भएको छ ।

विश्वभर फैलिएको कोभिड महामारीको दुई वर्ष पछि दोस्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका बारेमा जानकारी दिँदै संस्थाका संस्थापक निलेन्द्रराज श्रेष्ठले प्रतियोगितामा २३ टिमको सहभागिता हुने बताएका हुन् ।

प्रतियोगितामा नागरिक उड्डयनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च, क्लाउड फेक्ट्रीको दुई टिम, फोर्स मोटर्स, फर्निचर ल्याण्ड, फ्युज मेशिन, ग्रिष्मा वहुउद्देशीय सहकारी, हिमालयन बैंक, हिमालयन बैंक लि, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज, खल्ती डिजिटल वालेट, कुमारी बैंक, नेपाल इयरलाइन्स, नेपाल ओलम्पिक कमिटी, प्रभु बैंक, कतार राजदूतावास, शिदार्थ बैंक, टोयोटा, भायानेट, जाकी पोइन्ट्स, नाइस टुर्स एण्ड ट्राभल्स लगायत रहेका छन् ।

लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद १ लाख, उपविजेताले नगद ५० हजार प्राप्त गर्ने संस्थापका श्रेष्ठले जनाएका छन् । त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र फेयर प्ले टिमले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन् ।