
इलाम, ४ जेठ । इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कुशबहादुर थेबे विजयी भएका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जीतबहादुर राईलाई २२२ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।
एमालेका थेबेले पाँच हजार १३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राईले ४ हजार ९१३ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसकी प्रविना राई पाँच हजार १५९ मतसहित विजयी भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सावित्रा भट्टराईले ४ हजार ८८३ मत प्राप्त गरेकी छिन् ।















प्रतिक्रिया