
पाल्पा, ४ जेठ । पाल्पाको बगनासकाली गाउँपालिकामा एमालेकी उम्मेदवार सरस्वती चिदी निर्वाचित भएकी छिन् ।
निवर्तमान पालिका उपाध्यक्ष समेत रहेकी चिदीले ६ हजार ४६६ मत प्राप्त गर्दै कांग्रेसकी सुनिता अधिकारीलाई पराजित गरेकी हुन् । चिदीकी निकटतम प्रतिस्पर्धी अधिकारीले ५ हजार ६३३ मत प्राप्त गरिन् ।
पालिका उपाध्यक्षमा एमालेकै हरि पाठक ५ हजार ८७३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयले ४ हजार ७७८ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया