
उदयपुर, ४ जेठ । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट बिराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
दुर्घटनाका घाईतेमध्ये मोरङको बिराटनगर महानगरपालिका–५ चाँदनी चोकका ३४ वर्षीय देबेन्द्र चापागाईको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा घाईते भएकाहरुलाई जिल्ला अस्पताल गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।
घाईतेहरुमा मोरङ बिराटनगर महानगरपालिका–५ चाँदनी चोकका चालक ३१ वर्षीय बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल छन् ।















प्रतिक्रिया