६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरमा बालेनलाई ६ हजार ६०६ मतको अग्रता, कति–कति पाए स्थापित र सिंहले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गायक बालेन्द्र शाहले आफ्ना प्रातिस्पर्धीद्वय एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रतालाई तीब्र पारेका छन् ।

पछिल्लो मत परिणामअनुसार शाहले १४ हजार ४५८ मत प्राप्त गरेका छन् । उनको यो अग्रता निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६ हजार ६०६ मतको हो । स्थापितले अहिलेसम्म ७ हजार ८५२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले १२ हजारभन्दा धेरै मत ल्याइसकेकी छिन् ।