६ कार्तिक २०८३, शुक्रबार

झापाको हल्दिबारीमा राप्रपाका उम्मेदवार विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ४ जेठ । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन् । लिङ्देनले ६ हजार ८५६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले एक हजार १४९ मत पाएका छन् ।

उपाध्यक्षमा राप्रपा उम्मेदवार मैनालीले पाँच हजार ७८ पाइन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले चार हजार १०६ मत पाइन् । त्यस्तै स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७००, नेकपा माओवादी केन्द्रकी टीकादेवी राउतले एक हजार ४५३ मत ल्याइन् ।