
कञ्चनपुर, ३ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पोतीलाल चौधरी विजयी भएका छन् । ८ हजार ७ सय ८७ मत प्राप्त गर्दै चौधरी मेयरमा विजयी भएका हुन् भने उपमेयरमा एमालेका जोगराम चौधरी विजयी भएका छन् ।
उपमेयरमा निर्वाचित जोगरामले ७ हजार ५ सय ८३ मत ल्याए । मेयरमा एमालेकी कुमारी कमला बोहराले ६ हजार ८ सय ३ मत ल्याइन् । त्यस्तै उपमेयरमा माओवादीकी मन्जु शाह ६ हजार ८ सय ३५ मत प्राप्त गरिन् ।















प्रतिक्रिया