
काठमाडौँ, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि संसद बैठक अवरोध गर्ने भएको छ ।
यद्यपि एमालेले संसद अवरोध गर्नेबारे पार्टीले कुनै पनि निर्णय गरिनसकेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए ।
उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिइसकेको तर छलफलमा रहेको बताए । स्थानीय निर्वाचनको मत परिणाम आइरहेकाले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताए ।
नेम्वाङले भने, ‘हामी अहिले नयाँ निष्कर्षमा पुगिसकेका छैनौँ । तर हामी छलफलमा पनि छौँ । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौँ । जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निष्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौँ । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ ।’
सरकारले मंगलबार बजेट अधिवेशन आह्वान गरेको छ ।















प्रतिक्रिया